चितवन विशेष

भरतपुरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट बाटो काट्दै गरेका पैदलयात्री गम्भीर घाइते

Banner

चितवन, पुस १९-

भरतपुर महानगरपालिका–९ बसन्त चोकमा दूध बोक्ने ट्यांकरको ठक्करबाट बाटो काट्दै गरेका एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।

बिहीवार बेलुका ६ः२५ बजेको समयमा बागमती प्रदशे०१–००४ क ०५४९ नम्बरको ट्याङ्करले बाटो काट्दै गरेका भरतपुर–११ नौरङ्गी बस्ने वर्ष १९ की सापुरा कुँवरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्यांकरको ठक्करबाट कुँवरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । घाइतेका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>