Breaking News
भीम रावललाई एमालेको जवाफ- गालीगलौजले देश बन्दैन

काठमाडौं,पुस १८-
नेकपा एमालेले गालीगलौजले देश नबन्ने बताएको छ । बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले नेता भीम रावललाई यस्तो जवाफ दिएका हुन् । रावलले लगाएको आरोप नौलो नभएको उनी बताउँछन् ।
‘उहाँले लगाउनु भएको आरोप नौलो होइन । नेकपाकालमा प्रचण्डजीले पनि यस्तै आरोप लगाउनु भएको थियो । यो पनि त्यसकै कपि हो ।’ उनले भने, ‘उहाँको आरोपले उहाँभित्र कति नकरात्मकता भरिएको रहेछ देखाउँछ । गालीगलौजले देश बन्ने भए एक जमाना थियो, बाबुरामजी,प्रचण्डजीहरु पुराना पार्टीलाई डिक्स्नेरीमा खोजीखोजी गाली गर्नु हुन्थो । अर्को आयो रवीजीहरु त्यसरी उदाउनु भएको हो ।’
‘३१ पृष्ठको पेजमा ३० पेज गाली र १ पेज योजनाको बारेमा थियो । यसले नै उहाँको आगामी यात्रा कस्तो हुनेछ थाहा हुन्छ ।’उनले भने । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका थिए ।
























