Breaking News

भीम रावलले भनेः ‘अनुशासनहीन पात्र’ ओलीले मलाई कारबाही गरे

Banner

काठमाडौं, पुस १७-

नेकपा (एमाले)को कारबाहीमा परेका भीम रावलले ‘अनुशासनहीन पात्र’ केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारबाही गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर रावलले पार्टीमा सबैभन्दा अनुशासन नभएको पात्रले नै आफूलाई कारबाही गरेको बताए ।

उनले माधव नेपालविरुद्ध देशभर छाया कमिटी निर्माण गर्ने, केन्द्रीय कमिटिको बैठकमा ढिलो उपस्थित हुने, सबैभन्दा धेरै लामो समयसम्म बोल्ने र आफूले बोलिसकेपछि अरूका कुरा नै नसुनेर बैठक छोडेर ओली हिँड्ने गरेको बताए ।

त्यस्ता गतिविधि गरेर पार्टीमा बस्ने ओलीले भने आफूलाई अध्यक्षमा उमेदवारी दिएकै आधारमा कारबाही गरेको बताए । उनले पार्टीमा कसैले उमेदवारी दिन नहुने कहाँको अनुशासन हो भन्दै प्रश्न पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>