चितवन विशेष
भरतपुर-१० मा कला संस्कृती संरक्षणका लागि टोल विकास संस्थालाई बाद्यबादनका सामाग्री
०
भरतपुर,पुस १४-
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० ले कला संस्कृतीको संरक्षणका लागि टोल विकास संस्थाहरुलाई बाद्यबादको सामाग्री प्रदान गरेको छ । वडा भित्र रहेका १३ टोलबिकास संस्थालाई वडाले सामाग्री प्रदान गरेको हो ।
वडाका परिवेश, युनिक, स्यालीबजार, भरतपुर (दुरसंचार मार्ग), कालिका मन्दिर, चित्रसेन, ज्ञानदर्शन, महाकालेश्वर, बिरेन्द्र, भरतपुर हाइट, नमुना, सैनिक नमुना र स्वस्तिक टोललाई बाद्यबादनका सामाग्री प्रदान गरिएको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिनुभयो । उहाँले कला संस्कृतीको संरक्षणसंगै टोलबासीलाई मनोरन्जन प्रदान गर्नका लागि बाद्यबादनका सामाग्री प्रदान गरिएको बताउनुभयो । टोललाई मादल, खैजरी, मुजुरा, छाइछाइ, हारमोनियम प्रदान गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>