चितवन विशेष

भरतपुर भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीलाई सहभागि नगराउन एमालेको आग्रह

Banner

भरतपुर,पुस १३ –

भरतपुर भ्रमण वर्षको वार्षिक उत्सवका अवसरमा भरतपुर महानगरले विद्यार्थीहरुलाई सहभागि गराउन खोजेको प्रति एमाले चितवनले विरोध जनाएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीहरुलाई उपस्थित गराउन निजी विद्यालयहरुको छाता संगठन प्याब्सन चितवनलाई आग्रह गरेपछि एमाले चितवनले त्यसको विरोध गरेको हो ।

एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कायालयले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा सो भ्रमण वर्ष समापनको अवसरमा भरतपुर महानगरपालिका प्याब्सन चितवनलाई सम्बोधन गरी यही २०८१ पुस १६ गते प्याब्सन अन्तर्गतका विद्यालयहरुबाट विद्यार्थीलाई सहभागी गराउन उर्दी जारी गरेको प्रति नेकपा (एमाले) चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘विद्यार्थीहरुलाई सभा समारोह तथा र्यालीमा प्रयोग गर्नु उनीहरुको पढ्न पाउने अधिकारमाथिको उल्लङ्घन हो भन्ने हाम्रो पार्टीको ठहर छ । यसरी पठनपाठनमै अवरोध हुने गरी विद्यार्थीहरुलाई सहभागी नगर्न नगराउन हुन र उनीहरुको पढ्न पाउने अधिकारको सम्मान गर्न नेकपा (एमाले) चितवन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।’
भरतपुर महानगरपालिकाले सुरु गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई यही पुस १६ गते समापन गरिँदैछ । उक्त दिनलाई महानगरले भरतपुर भ्रमण वर्षको वार्षिक उत्सवका रुपमा मनाउन लागेको छ । भरतपुर २७ मेघौलीमा जारी राष्ट्रिय रैथाने खाना महोत्सवको अन्तिम दिन पारेर सोही स्थानमा महानगरले भ्रमण वर्षको वार्षिक उत्सव मनाउन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>