Breaking News
ओलीलाई पार्टी नेतृत्वबाट हट्न घनश्यामको सुझाव
काठमाडौं, पुस १३-
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हट्न सुझाव दिएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भुषालले पार्टीभित्र असन्तोष र तनाव चुलिएको भन्दै ओलीले नेतृत्व छोडे मात्र समस्या समाधान हुने जिकिर गरे। ‘पार्टीको माहोल शान्त बनाउन ओलीको नेतृत्व परिवर्तन अनिवार्य भइसकेको छ।’ उनले भने।
“…उहाँ (केपी ओली)को प्रयोग असफल भयो । निर्वाचनमा प्रयोग असफल भयो, पार्टी सञ्चालनमा असफल भयो । अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भइसक्यो भनेपछि उहाँले त्यहाँ छोड्नु उहाँका लागि पनि र हाम्रो लोकतन्त्रका लागि पनि सबभन्दा राम्रो कुरा हुन्थ्यो,” उनले भने ।
भुसालले सहकारी प्रकरणको छानबिनमा केही गडबडको महसुस आफूलाई भएको बताए । निष्पक्ष न्यायिक छानबिन हुनुपर्नेमा उनले जोड दिए ।