चितवन विशेष

सोल्टी वेस्र्टन रिसोर्टका विदेशी पाहुनाले वीरेन्द्रनगर विद्यालयलाई दिए शैक्षिक सामग्री

Banner

चितवन, पुस १२–

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा अवस्थित सोल्टी वेस्र्टन रिसोर्टमा आएका विदेशी पाहुनाहरुले स्थानीय एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

सोल्टीको आयोजनामा राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगरलाई निकोलोस भर्सेस ट्राभल्स ग्रीसले स्टेशनरी तथा अन्य शैक्षिक सामग्री सहयोग गरेको हो । निकोलस ट्राभल्सका प्रमुख निकले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीलाई एक थान प्रोजेक्टर, केही थान एप्पलको आइ प्याड, दुई थान ल्यापटप, स्टेशनरी सामग्रीहरु प्रदान गरे । सो क्रममा उनले सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिए ।

भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले आधारभूत विद्याललाई आवश्यक महत्वपूर्ण सामग्री सहयोग गरेकोमा ग्रीसका पाहुनाहरुलाई धन्यवाद दिए । सहयोग कार्यक्रममा सोल्टीका म्यानेजर सुजन, केशव ढकाललगायतको उपस्थिति रहेको थियो । वि.सं.२०२४ सालमा स्थापित उक्त विद्यालयमा हाल नर्ससी देखि कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय छिट्टै नयाँ भवनमा स्थानान्तरण हुँदैछ ।

पटिहानी क्षेत्रका रिसोर्टहरुमा आउने विदेशी पाहुनाहरुले यस विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् । तर ग्रीसका पर्यटकहरुले अहिलेसम्मकै धेरै मूल्यको सामग्री सहयोग गरेको प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए । उनले विदेशी पाहुनाहरुलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>