चितवन विशेष

सोल्टी वेस्र्टन रिसोर्टका विदेशी पाहुनाले वीरेन्द्रनगर विद्यालयलाई दिए शैक्षिक सामग्री

०
Banner

चितवन, पुस १२–

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा अवस्थित सोल्टी वेस्र्टन रिसोर्टमा आएका विदेशी पाहुनाहरुले स्थानीय एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

सोल्टीको आयोजनामा राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगरलाई निकोलोस भर्सेस ट्राभल्स ग्रीसले स्टेशनरी तथा अन्य शैक्षिक सामग्री सहयोग गरेको हो । निकोलस ट्राभल्सका प्रमुख निकले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीलाई एक थान प्रोजेक्टर, केही थान एप्पलको आइ प्याड, दुई थान ल्यापटप, स्टेशनरी सामग्रीहरु प्रदान गरे । सो क्रममा उनले सहयोग गर्न पाउँदा खुशी मिलेको प्रतिक्रिया दिए ।

भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले आधारभूत विद्याललाई आवश्यक महत्वपूर्ण सामग्री सहयोग गरेकोमा ग्रीसका पाहुनाहरुलाई धन्यवाद दिए । सहयोग कार्यक्रममा सोल्टीका म्यानेजर सुजन, केशव ढकाललगायतको उपस्थिति रहेको थियो । वि.सं.२०२४ सालमा स्थापित उक्त विद्यालयमा हाल नर्ससी देखि कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय छिट्टै नयाँ भवनमा स्थानान्तरण हुँदैछ ।

पटिहानी क्षेत्रका रिसोर्टहरुमा आउने विदेशी पाहुनाहरुले यस विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् । तर ग्रीसका पर्यटकहरुले अहिलेसम्मकै धेरै मूल्यको सामग्री सहयोग गरेको प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए । उनले विदेशी पाहुनाहरुलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>