Breaking News
कांग्रेस सांसद चन्द्र भण्डारी भन्छन्ः सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने बाँकी रहन्छ को ?
०

काठमाडौं,पुस १२-
सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको समेत अभियोगमा कास्की जिल्लामा बयान दिइरहेका बेला सरकारमै रहेको पार्टी कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले उक्त टिप्पणी गरेका हुन्।
‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर’, शुक्रबार भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























