Breaking News

तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान होः बालेन

Banner

काठमाडौं,पुस १२-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दुई तिहाइको सरकारले केही काम नगरेको बताएका छन् । शुक्रबार प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तीनकुनेको मुआब्जा ५० वर्ष भइसक्दा पनि पाएका छैनन् । सरकारको मुख ताक्दाताक्दै अहिलेसम्म मुआब्जा पाउने सङ्केत छैन । यसपालिको बहुमत, दुई तिहाइको सरकार छ । तैपनि केही गरेकै छैन ।’ उनले थप भने, ‘कोही नेताहरु आएर आश्वासन दिनुभएको छ ? मुआब्जा दिने प्रोससमा छ भनेर भन्नुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । यो एक हिसाबले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो ।’ यो सरकारले चाहे जतिखेर पनि गर्नसक्ने उनको भनाई छ । ‘अहिले पनि यो सरकारले काम गरेन भने कहिले गर्दैन ।’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>