चितवन विशेष

चितवन हात्ती महोत्सव सुरु

Banner

भरतपुर, पुस ११-

चितवनको पर्यटकीय क्षेत्र सौराहामा आज बिहीबारदेखि देखि १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री सिंहले महोत्सवलाई बन्यजन्तुमैत्री बनाउदै पर्यटन प्रबद्र्धन बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बिदेशीले भनेर नहुँने भन्दै आफुले परम्परालाई संरक्षण गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सफारी पर्यटनलाई धानेको सौराहामा गरिएको हात्ती महोत्सवको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभयो । महोत्सव उद्घाटन अघि वृहत् झाकी सहितको ¥याली निकालिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार टिकट काउन्टरदेखि सुरु भएको शोभा यात्रा महोत्सव स्थल बाघमारा चौर पुगेर समापन भएको थियो । झाकीमा विभिन्न जात जातिका भेषभुषामा सजिएका महिलाहरूको उपस्थिति रहेको थियो भने शोभा यात्रामा हात्ती समेत समावेश थियो । महोत्सवको पहिलो दिन आज मैत्रीपूर्ण हात्तीको फुटबल पेनाल्टी सुट आउट खेलाइएको थियो ।

पुस १५ गतेसम्म चल्ने महोत्सवमा हात्ती ऋंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको संस्कृति प्रस्तुति रहने महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो । व्यवसायीहरूले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गतेसम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>