चितवन विशेष

चितवनमा ‘मह उत्सव’ सुरु

Banner

भरतपुर,पुस ११-

चितवनमा प्रथम मह उत्सव सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई चितवनको आयोजनामा सौराहामा जारी हात्ती महोत्सव परिसरमा मह उत्सव सुरु भएको हो ।

महको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवको आज उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मह चाखेर उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री सिंहले हात्ती महोत्सव भित्र किसानको उत्पादनलाई बजारीकरण गर्न उत्सव राखेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारले यस्ता मेला महोत्सवलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

उत्सव १५ गतेसम्म चल्नेछ । परियोजनाका प्रमुख महेश रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखिएको छ । उहाँले परिसरमा आउनेहरुलाई महको महत्व दर्शाउँदै निःशुल्क मह चखाइने बताउनुभयो । बजारमा नक्कली मह आएको अवस्थामा मह गुणस्तरबारे उपभोक्तालाई जानकारी समेत गराउने उदेश्य राखिएको उहाँको भनाई छ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>