क्रिकेट
एनपीएलमा सर्वाधिक विकेट लिने १० खेलाडीहरु

काठमाडौँ, पुस ६–
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भव्यताका साथ सम्पन्न भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शनलाई निकै चासोका साथ हेरिएको थियो ।
यस प्रतियोगिता सर्वाधिक विकेट लिने १० खेलाडीको चर्चा गर्दैछौं । प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडीमा जनकपुर बोल्ट्सका ललित राजवंशी बनेका छन् । उनले १० खेलमा १७ विकेट लिए । उनको बलिङ एभरेज १२.५२ रह्यो । सुदूरपश्चिम रोयल्सका स्कट क्रिस्टोफर कुग्गेलिजनले पनि समान १७ विकेट लिए । उनको बलिङ एभरेज १२.३५ रह्यो । सोही आधारमा उनी पहिलो स्थानमा रहे ।
चितवनका सोहिल तान्भीर १४ विकेटका साथ तेस्रो स्थानमा रहे । समान १४ विकेट लिएका जनकपुर बोल्ट्सका किशोर महतो बलिङ एभरेजले सोहिल भन्दा पछि पर्दै चौथो स्थानमा रहे । १६ वर्षीय कर्णाली याक्सका विपिन शर्मा १३ विकेटका साथ पाँचौं स्थानमा रहे । उनी प्रतियोगितामा उदयमान खेलाडीको अवार्ड समेत हात पारे ।
यस्तै १३ विकेट नै लिएका चितवन राइनोजका रिजन ढकाल छैंटौ स्थानमा रहे भने सैफ अली जैव १२ विकेटका साथ सातौं स्थानमा रहँदा समान १२ विकेट लिएका काठमाडौँ गुर्खाजका कप्तान करण केसीले आठौं स्थान, जनकपुर बोल्ट्सका मोहम्मद मोहसिन नवौं र ११ विकेट लिएका काठमाडौँ गुर्खाजका गेर्हार्ड इरास्मस दशौं स्थानमा रहे । जनकपुरका हर्ष ठाकरले पनि ११ विकेट नै लिएका थिए ।