देश/प्रदेश
चितवनको हात्ती महोत्सव रोक्न जोन अब्राहमको आग्रह, पर्यटनमन्त्री बद्री पाण्डेलाई लेखे पत्र
चितवन, पुस ६-
बलिउड अभिनेता जोन अब्राहमले चितवनमा आयोजना गर्न लागिएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्ती प्रयोग नगर्न आग्रह गर्दै नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन्।
यही पुस ११ देखि १५ गतेसम्म चितवनमा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आयोजना गर्न लागिएको छ । सोहि महोत्सवका नाममा हात्तीलाई दुर्व्यहार र पीडा दिने काम हुने भएकाले त्यसलाई रोक्न अनुरोध गरेका हुन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अभिनेता अब्राहमले महोत्सवका क्रममा हात्तीलाई कुटपिट गर्ने, दौडिन बाध्य पार्ने, पर्यटकको सवारी तथा पोलो र फुटबल खेल्न प्रयोग गर्ने गरिएकाले यस्ता कार्यले जनावरको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने उल्लेख गरेका छन्।
‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा भोग्नुपर्छ’, मन्त्री पाण्डेलाई सम्बोधन गर्दै अभिनेता अब्राहमले लेखेका छन्, ‘जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ– हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन्।’
यसैले महोत्सवमा हात्ती प्रयोग गर्ने प्रथा बन्द गर्न पत्रमा उनले आग्रह गरेका छन्। अब्राहमले लेखेका छन्, ‘नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर छ।’
हेर्नुहोस् मन्त्री पाण्डेलाई अभिनेता अब्राहमले लेखेको पत्र: