Breaking News

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

Banner

काठमाडौँ, पुस ३-

नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका जयकिसन कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै विलियम बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए । चाडविक वाल्टनले अविजित ४६ रन जोडे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>