Breaking News
एनपीएल: सुदूरपश्चिम प्लेअफमा, सोमबार हुने अन्तिम खेलले चौथो टिमको टुंगो लगाउने
०
काठमाडौं, मंसिर ३०-
सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ ।
रोमाञ्चक खेलमा आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् । पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>