Breaking News

एनपीएलः बिराटनगरलाई पराजित गरेपछि प्लेअफ पुग्ने काठमाडौंको झिनो आशा

Banner

काठमाडौँ, मंसिर ३०–

काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी नै राखेको छ । लिगतको अन्तिम खेलमा आज विहान विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै काठमाण्डुले झिनो आशा कायमै राखेको हो ।

अन्तिम खेलमा जितपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । काठमाडौको नेटरनरेट माइनस ०.३२१ रहेको छ । समान ८ अंक भएको कर्णाली याक्स ०.०९५ नेटरनरेटका साथ चौथो स्थानमा छ भने समान अंक भएको चितवन राइनोज ०.६३४ नेटरनरेटका साथ तेस्रो स्थानमा छ । लिगमा कर्णालीको एक खेल खेल्न बाँकी छ । अन्तिम खेलमा कर्णालीले सुदूरपश्चिम रोयल्ससंग भिड्ने छ ।

उक्त खेलमा कर्णाली फराकिलो अन्तिरले पराजित भएमा काठमाण्डुको प्लेअफ पुग्ने संभावना रहन्छ । अन्यथा नेटरनरेटको आधारमा कर्णाली पराजित भए पनि प्लेअफमा पुग्ने छ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाण्डु नेटरनरेटमा माथि आउने छ ।यदि उक्त खेलमा कर्णाली विजयी भएमा काठमाण्डु बाहिरिने छ । यो समीकरणले चितवन प्ले अफ पुगेको छ ।

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमान्डुको जित पक्का गरेका थिए । काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर राना १६ रनमा अविनित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन जोडे ।
बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २(२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका जेरार्ड एरासमसले ३, दीपेश कँडेलले २ तथा शाहब आलम, करण केसी र डन डाउथवाइटले एकरएक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>