Breaking News
रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्याइयो
०

काठमाडौं,मंसिर २४-
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्ने प्रयोजनका लागि पर्सा लैजान उनलाई प्रहरीले विमानस्थल लगेको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीको पोखराबाट पर्सा लगिसकिएको छ । लामिछानेलाई काठमाडौं ल्याएर सिमरा हुँदै पर्सा लैजाने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























