चितवन विशेष

चितवनमा नेपाल भारत मैत्री संगठन विस्तार,अध्यक्षमा तेजेन्द्रप्रसाद पौडेल चयन

Banner

भरतपुर,मंसिर २२-

चितवनमा नेपाल भारत मैत्री संगठन विस्तार गरिएको छ । आज (शनिवार) सम्पन्न भेलाले नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमिति गठन गरेको हो । संगठनको अध्यक्षमा
तेजेन्द्र प्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको उपाध्यक्षमा कल्पना पौडेल खड्का र बाबुराम गैरे सचिबमा राजकुमार लामिछाने,सहसचिवमा दिनेश प्रसाद बडु,कोषाध्यक्षमा चन्दना कोइराला र सदस्यहरुमा अजित अधिकारी, खोतराज घिमिरे र बिष्णु प्रसाद कंडेल चयन हुनुभएको छ । संस्थामा पछि थप हुनेगरी १५ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

नेपाली र भारतका नागरिकविच सुमधुर सम्बन्ध बिस्तार, मैत्रीभावको बिकास, सांस्कृतिक आदानप्रदान, धार्मिक पर्यटनको सम्भाव्यता अध्यन र बिस्तारका लागि पहिलोपटक चितवनमा कार्यसमिति गठन गरिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अनुप कुमारले जानकारी दिनुभयो । चितवनमा बनेको पहिलो कार्यसमितिले आगामी कार्ययोजना निर्माण गर्ने समितिका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, अन्तर्राष्ट्रिय इन्चार्ज सम थापा, बिश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेल ,धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाज लगायतका विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>