Breaking News

एनपीएल: सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १८८ रनको लक्ष्य

Banner

काठमाडौं, मंसिर २२-

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो पटक आम्नेसाम्ने भएका हुन्।

जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो। दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

यस्तै, सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>