मनोरञ्जन

स्मिता दाहालले कसिन् लगनगाँठो

Banner

काठमाडौँ, मंसिर २१-

गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

आयोजित विवाह समारोहमा दुवैका परिवार, आफन्त, केही राजनीतिज्ञ र कलाकारहरू समेत पुगेका छन्। स्मिता र सायुज्यले केही साता अगाडि इन्गेजमेन्ट गरेका थिए। त्यसपछि स्मिताले सायुज्यलाई सामाजिक सञ्जालमा प्रेमीको रूपमा चिनाउँदै आफूहरू जीवनसाथी हुन लागेको जानकारी दिएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>