Breaking News

कपिलवस्तुको शुद्धोधन-६ मा एमालेका मुसलमान विजयी

Banner

काठमाडौं, मंसिर १७-

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेका मोहमद ताहिर मुसलमान विजयी भएका छन्। आइतबार सम्पन्न आमनिर्वाचनमा उनले एक हजार १५० मत प्राप्त गरे।

निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए। जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, नेकपा माओवादी केन्द्रका रफी मोहम्मद मुसलमानले १३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए।

साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेकपा एकीकृत समाजवादीका सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत प्राप्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>