चितवन विशेष

चितवनमा पनि काँग्रेस एमालेले गठन गरे संयन्त्र,आलोपालो नेतृत्व गर्ने

Banner

भरतपुर,मंसिर १६-

सत्ता गठवन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) चितवनको संयुक्त बैठकले चितवनमा पनि जिल्ला स्तरिय संयन्त्र बनाएका छन् । अलोपालो नेतृत्व गर्ने गरि दुई पार्टीले जिल्ला स्तरिय संयन्त्र वनाएका हुन् ।

संयन्त्रमा काँग्रेसवाट सभापति राजेश्वर खनाल, सचिव ध्रुब पोख्रेल, नेता मिलनवावु श्रेष्ठ तथा एमालेबाट जिल्ला इन्चार्ज देवी ज्ञवाली, अध्यक्ष कमल पाठक र सचिव प्रकाश ढुङ्गना सदस्य रहेका छन् । संयन्त्रलाई जिल्लाका स्तानीय तहसम्म विस्तार गर्ने सहमती पनि दलहरुले गरेका छन् ।

संयन्त्रले चितवन भित्र रहेका विभिन्न गौरबका योजनाहरु निर्माण बारे ध्यानाकर्षणसहित प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरवहादुर देउवालाई भेट गर्न प्रतिनिधि मण्डल काठमाण्डौँ जाने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>