बलिउड/हलिउड

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई ईडीले सोधपुछका लागि बोलायो

Banner

मुम्बई, मंसिर १६-

प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई सोधपुछका लागि बोलाएको छ। राज कुन्द्रालाई सोमबार बिहान ११ बजे ईडीको कार्यालयमा पुग्न भनिएको छ । राज कुन्द्राबाहेक ईडीले यस केससँग सम्बन्धित सबैलाई सोधपुछको लागि बोलाएको हो।

नोभेम्बर २९ मा, ईडीले यस मामिलामा राज कुन्द्रा–शिल्पा शेट्टीको घरमा छापा मारेको थियो। राज कुन्द्राको कार्यालयमा पनि छापा मारिएको थियो । यसबाहेक उनीसँग काम गर्ने व्यक्तिको घरमा पनि छापा मारिएको थियो ।

राज कुन्द्रामाथि एप हटसट मार्फत पोर्न कन्टेन्ट उपलब्ध गराएको र उत्पादन गरेको आरोप छ । यस एपका मालिक राज कुन्द्रा हुन्। उनको यो एप यसअघि गुगल र एप्पलमा उपलब्ध थियो तर २०२१ मा राज कुन्द्राविरुद्ध मुद्दा परेपछि उक्त एप हटाइयो ।

यता शिल्पका वकिलले यस मुद्दामा शिल्पा शेट्टीको नाम, फोटो वा भिडियो प्रयोग नगर्न अनुरोध गरेका छन् । यसमा मुद्दामा उनको कुनै संलग्नता नरहेको उनको भनाई छ।

पोर्नोग्राफी मामिलामा शिल्पा शेट्टीको नाम आएपछि पति राज कुन्द्रा पनि आक्रोशित भएका थिए । उनले आफ्नी श्रीमतीको नाम बारम्बार तान्दा सह्य नहुने बताए । राजकुन्द्राले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट एउटा स्टोरी पोस्ट गरेका थिए, जसमा यस्तो लेखिएको थियो– ‘मिडिया नोट गर्नुहोस्, मेरो श्रीमतीको नाम यस विषयमा बारम्बार तान्नु, जुनसँग उनको कुनै सरोकार छैन, त्यो अस्वीकार्य छ । कृपया सीमाको सम्मान गर्नुहोस्।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>