Breaking News

१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी पक्राउ

Banner

चितवन, मंसिर १२-

१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठीलाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर ७ गते राति सौराहाको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–३ नारायणगढ बस्ने ५५ वर्षीय राठीलाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो ।

पक्राउ परेको दिनदेखि लागु हुनेगरी पाँच दिनको म्याद लिएर राठीमाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।

‘१७ वर्षकी बालिकामाथि जबरजस्तीकरणी गरेको मुद्धामा राठीमाथि अनुसन्धान भइरहेको छ । पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’, डिएसपी महतोले भने ।

नारायणगढमा व्यवसाय गर्दै आएका राठीले नाबालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>