चितवन विशेष
भरतपुरमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा दुई जना घाइते
०

चितवन, मंसिर ११-
भरतपुर महानगरपालिका–१८ भुवनबस्ती स्कुल टोलस्थित एक घरमा सोमवार खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
स्थानीय गणेश गुरुङको घरमा सोमवार बेलुका ४ बजे खाना पकाउने बेला ग्यास लिक भई आगलागी हुँदा भरतपुर–१८ बस्ने वर्ष ५२ को ओम प्रकाश गुरुङ र सोहि ठाउँ बस्ने ४६ वर्षीय मिनबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगलागीबाट दुई जना मध्यम घाइते भएको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आगलागी भएर गुरुङको दुवै हात र मगरको अनुहार पोलेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























