Breaking News
म प्रधानमन्त्री हुँदा भन्दा अहिले कम्फर्टेबल फिल गरेको छु, रिल्याक्स छुः प्रचण्ड
०

काठमाडौँ, कात्तिक ३०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु। रिल्याक्स छु। जनताको बीचमा गएको छु।’
उनले आफूहरूले वर्षौंसम्म लडेर ल्याएको संविधान र अहिलेको सिस्टममाथि नै घात हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको पनि उल्लेख गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























