Breaking News
काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ सदस्य मृत भेटिए
०

काठमाडौं,कात्तिक २९-
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् । मृत भेटिनेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
मोक्तानका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ । घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























