खेलकुद
प्रेसिडेन्सी कलेजमा दोस्रो फ्रेन्चाइज फुटसल लिग भोलिदेखि हुने
०

चितवन, कार्तिक २८–
स्टुडेन्ट काउन्सिल प्रेसिडेन्सी कलेजको आयोजनामा दोस्रो फ्रेन्चाइज फुटसल लिग भोलि (बिहीबार)देखि हुने भएको छ ।
प्रेसिडेन्सी फुटसल एरिनामा हुने खेल मंसिर १ गतेसम्म चल्ने छ । प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउँदैछन् । ती ६ टिमलाई ८ वटा व्यवसायीक संस्थाहरुले व्यवस्थापन गर्नेछन् ।
सहभागी टिमहरुमा Artspace fc, Bitflux Titans, Golden Yatri, Nima Engineering Fc, Shashtrartha warriors र Trishool warriors रहेका छन् ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने काउन्सिल अध्यक्ष एवं खेल संयोजक निकेश अधिकारीले जानकारी दिए । खेलाडीहरु अक्सन विधिबाट छनोट गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















