मनोरञ्जन

ह्रस्व दीर्घको अग्रिम बुकिङ खुला

Banner

काठमाडौं, कात्तिक २७-

नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ह्रस्व दीर्घको अग्रिम टिकट बिक्री मल्टिप्लेक्स हलहरूले खुलाउन सुरू गरेका छन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मंगलबार बेलुका यो फिल्मको शो बाँडफाँट गर्दै अग्रिम बुकिङ खुलाएको हो। क्युएफएक्समा फिल्मले राम्रै शो पाएको छ। क्युएफएक्सले काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिरका आउटलेटमा २४ शो दिएको छ।

चन्द्र पन्त निर्देशित ह्रस्व दीर्घ अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।

नीता फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। फिल्म भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>