चितवन विशेष
भरतपुरमा शौचालय अगाडि लडेर एक युवकको मृत्यु
०

चितवन, कात्तिक २८-
भरतपुर महानगरपालिका–१४ प्रचण्डटोलमा गएराति एक युवकको मृत्यु भएको छ । स्थानीय सूर्यबहादुर गुरुङको २३ वर्षीय छोरा पूर्णबहादुर गुरुङको आफ्नै घरको शौचालय अगाडि लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।
मंगलवार राति साढे १० बजे शौचालय अगाडि लडिरहेको अवस्थामा निजको श्रीमती मलिका गुरुङले फेला पारी उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
मंगलवार राति नै ११ः१० बजे चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवलाई अस्पतालको शव गृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























