क्रिकेट

चितवन राइनोजको ट्यालेण्ट हण्ट मंसिर १ र २ गते हुने

Banner

चितवन, कार्तिक २५–
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाईज ‘चितवन राइनोज’ले दुई दिनसम्म ट्यालेन्ट हण्ट कार्यक्रम गर्ने भएको छ ।

यही मंसिर १ र २ गते चितवन राइनोजले स्थानीय प्रतिभालाई टिममा समेट्न चितवनमा ट्यालेन्ट हण्ट गर्न लागेको हो । जसका लागि राइनोजले अनलाइना आवेदन आह्वान समेत गरेको छ । अनलाइन मार्फत आवेदन दिएकाहरुलाई मात्रै ट्यालेण्ट हण्टमा सहभागि गराइने छ । सहभागिताका लागि कुनै पनि उमेर समूह तोकिएको छैन ।

जिल्ला र प्रदेशबाट विभिन्न प्रतियोगिता खेलेका खेलाडीहरुले सहजै ट्यालेन्ट हण्टमा सहभागिता जनाउन पाउने चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले जानकारी दिए । ‘हामीले उमेर समूह तोकेका छैनौं, सबै खेलाडीहरुले ट्यालेण्ट हण्टमा सहभागिता जनाउन पाउनु हुनेछ’–प्रबन्ध निर्देशक न्यौपानेले भने ।

चितवन राइनोजले ट्यालेण्ट हण्टबाट दुई जना खेलाडीलाई छनोट गर्नेछ । एउटा आइकोनिक प्लेयरको रुपमा छनोट हुनेछन् भने अर्को वैकल्पिक खेलाडीको रुपमा टिममा छनोट गरिने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए । दुई दिनसम्म चल्ने ट्यालेण्ट हण्टको स्थान पछि तोकिने छ । चितवन राइनोजले ट्यालेण्ट हण्ट लगत्तै चितवनमै बन्द प्रशिक्षण गर्ने तयारी गरेको छ । जसका लागि चितवन मेडिकल कलेज परिसर कैलाशनगरमा अहिले ३ वटा पीचसहितको प्रशिक्षण नेट निर्माण भइरहेको छ ।

नेपाली राष्ट्रिय टिमका अलराउण्डर कुशल मल्ल मार्की रहेको चितवन राइनोजको प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक उमेश पटवाल रहेका छन् । चितवनले ४ जना विदेशी खेलाडी समेत अनुबन्ध गरि सकेको छ । नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग आउँदो मंसिर १६ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>