Breaking News
रास्वपा पार्टी कार्यालयमा ‘नो नट अगेन भन्ने दिन नआओस्’ भन्दै कार्यकर्ताको प्रदर्शन
०

काठमाडौं,कात्तिक २४-
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ । सोही समयमा बैठक हलबाहिर पार्टीका कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि कुनै ठोस निर्णय लिन नसकेको भन्दै दबाब दिएका छन् ।
पार्टी कार्यालय घण्टीघरमा पुगेर केही कार्यकर्ता प्लेकार्डसहित बसिरहेका छन् । प्लेकार्डमा रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौं, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् लगायत लेखिएको छ । उनीहरुले सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने भन्दै दबाब दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























