Breaking News

चितवनमा नेपाली चलचित्रको अहिलेसम्मकै धेरै व्यापार,तीन दिनसम्म अग्रिम हल बुकिङ, टिकट नपाएर फर्किए दर्शक

Banner

चितवन,कात्तिक २२-

चितवनमा नेपाली चलचित्रले हालसम्मकै राम्रो व्यापार गरेका छन । दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर प्रर्दशनमा आएका चलचित्रहरुले निकै राम्रो व्यापार गरेका हुन् । दशैंको समयमा चलचित्र १२ गाउँ र छक्कापन्जाले दर्शकको मन जित्न सफल भने तिहारको समयमा चलचित्र पूर्णबहादुरको सारङ्गीले दर्शकको मन जित्यो । चितवनको पुरानो मध्यको एक इन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक हरी रेग्मीका अनुसार बर्षौपछि नेपाली चलचित्रले लगातार हाउसफुल भएर प्रर्दशन भइरहेको छ । उहाँले चलचित्र कोहिनुरपछि यस बर्ष चलचित्र १२ गाउँ,छक्कापन्जा र पूर्णबहादुरको सारङ्गीले हाउसफुलका साथ व्यापार गरिरहेको बताउनुभयो ।
‘अहिले चलिरहेको पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न आएका ४५ सय बढि दर्शक फकिएका छन्,उहाँले भन्नुभयो,टिकट व्यवस्थापन गर्नै कठिन भइरहेको छ ।’ इन्द्रदेव हलमा अहिले दैनिक चार शो सञ्चालन भइरहेको छ । सबै शोमा पूर्णबहादुरको सारङ्गी प्रर्दशन भइरहेको छ । विगतका बर्षहरुमा दशैं तिहारमा पनि हाउसफुल नहुने हलहरुमा यसपटक तीन चारदिन अघिदेखिनै टिकट बुकिङ गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

चितवनमा सुविधासम्पन्न हलहरु रहेका छन । एउटै हलमा पाँच सय ३३ जना दर्शक अट्ने क्षमता छ । अहिले यी हलहरु तीन दिन अघिदेखिनै बुकिङ भएको क्युएफएक्स जलमाँ हलका व्यवस्थापक विकास पोखरेलले जानकारी दिनुभयो । उहाँले क्यु एफएक्समा बिहान ६ः३० बजेदेखि राती ९ः४५ बजेसम्म ८ शो सञ्चालन हुँदापनि दर्शकको माग पुरा गर्न नसकिएको बताउनुभयो ।

क्युफएक्स जलमामा ८ शो मध्य ६ शो पूर्णबहादुरको सारङ्गी, १ शो १२ गाउँ र भारतीय चलचित्र सिंगम २ र भुलभुलैयाले १ शो पाएका छन । भारतीय चलचित्रमा भन्दा नेपाली चलचित्रमा दर्शकको आकर्षण बढि रहेको पोखरेलले बताउनुभयो ।

चितवनमा चारवटा फिल्म हल छन । अहिले सबै हल हाउसफुलका सञ्चालनमा आएको चलचित्र बिकास बोर्डका सदस्य रवि अधिकारीले बताउनुभयो । उहाँका अनुसार यसरी नेपाली फिल्म चलेको यो पहिलोपटक हो । चितवनमा तिहारपछि हरेक दिन २३ लाखको हाराहारीमा चलचित्रले कारोवार गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय दर्शकको साथले नेपाली चलचित्रको भबिष्य राम्रो छ भन्ने प्रमाणित गरेको अधिकारीको भनाई छ ।

यस्तै क्यु एफएक्स सिजी हलका व्यवस्थापक प्रविन कार्कीले धेरै दर्शक टिकट नपाएर फर्किएको बताउनुभयो । उहाँले दशैमा हाउसफुल रहेको हल तिहारका एक दुईदिन खाली भएपनि अहिले झन् भीड बढेको बताउनुभयो । कतिपय दर्शकले रातकै भएपनि शो थपिदिन आग्रह गरेको उहाँको भनाई छ ।

चलचित्र पूर्णबहादुरको सारङ्गी हेर्न आउनुभएका सचिन ढुंगान टिकट नपाएपछि फर्किनुभयो । उहाँले टिकट नपाएपछि तीन दिनपछिको टिकट काटेको बताउनुभयो । पछिल्लो समय नेपाली चलचित्रहरु राम्रो कथावस्तुमा आउन थालेका कारण हेर्न जाने गरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>