Breaking News

हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित

Banner

काठमाडौं, कात्तिक १६-

नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>