खेलकुद
मोहम्मद नाबीका छोरा हसन चितवन राइनोजबाट एनपीएल खेल्ने
चितवन, कार्तिक १४–
अफगानिस्तानका स्टार अलराउण्डर मोहम्मद नाबीका छोरा हसन इसाखाइल चितवन राइनोजबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन् ।
चितवन राइनोजले आज एक विज्ञप्ती जारी गर्दै १८ वर्षीय हसनलाई टिममा अनुबन्ध गरिएको जानकारी दिएको हो । हसनलाई अफगानिस्तान क्रिकेटको भविष्यको स्टार खेलाडीको रुपमा लिईएको छ ।
उनले स्पाजिजा क्रिकेट लिगका आठ खेलमा १४२ को स्ट्राइकरेटमा २१२ रन बनाएका थिए । चितवन राइनोजमा आबद्ध भएर नेपाल प्रिमियर लिग खेल्ने भएपछि हसनले खुशी हुँदै भनेका छन्–‘एक युवा खेलाडीको रुपमा मैले यो अवसरसंगै आफैलाई चुनौतिको रुपमा लिएको छु, नेपालमा खचाखच भरिएका दर्शकको अगाडि खेल्नु एउटा छुट्टै अनुभव हुनेछ ।’
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले हसन प्रतिभाशाली क्रिकेट भएको बताएका छन् । उनले भनेका छन्–‘‘फ्रेन्चाइज क्रिकेटको कुनै सीमा हुँदैन। घरेलु खेलाडीले मात्रै होइन, अन्य खेलाडीले पनि अन्तर्राष्ट्रिय करियरलाई अगाडि बढाउने एउटा मञ्च पनि हो। त्यो प्रतिभा हसन इसाखाइल हुन्,उनको प्रतिभा जसलाई अन्वेषण गर्न आवश्यक छ।’
चितवन राइनोजले यसअघि विदेशी खेलाडीको रुपमा इङल्याण्डका लुक बेनकेस्टाइनलाई आवद्ध गरि सकेको छ । एउटा फ्रेन्चाइजले एक एशोसियट राष्ट्रकासहित ४ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।