चितवन विशेष

सेलरोटी खुवाएर प्रेस युनियन चितवनले मनायो तिहार

Banner

चितवन, कार्तिक १४–

नेपाल प्रेस युनियन चितवन शाखाले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार, छठ, नेपाल सम्बतलगायत पर्वको अवसर पारेर आज (बुधबार) शुभकामना आदान–प्रदान तथा ‘सेलरोटी खाने’ कार्यक्रम गरेको छ ।

भरतपुर–११, स्थित नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्रमा आयोजित कार्यक्रममा सहभागीहरुले शुभकामना साटा–साट गरेका थिए । आमन्त्रित पाहुनाहरुलाई सेलरोटी खुवाएर देउँसी भैलो समेत खेलिएको थियो । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले विगत लामो समयदेखि प्रेस युनियनले काग तिहारको दिन यो कार्यक्रम गर्दै आएकोमा यसवर्ष पनि निरन्तरता दिएको बताउनुभयो । कागलाई सूचनाको संवाहक रुपमा समेत लिने गरिएकाले यसै दिन पारेर तिहार विशेष कार्यक्रम गर्ने गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रम प्रेस युनियनले सदैव गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले सबै पत्रकारहरुलाई एक ठाउँमा राखेर शुभकामना साटासाट गर्ने र सेलरोटी खाने कार्यक्रम गरेकोमा प्रेस युनियनले धन्यवाद दिनुभयो । यस कार्यक्रमले सबै पत्रकारबीच भाइचारा कायम गर्ने, खुशी साटासाट गर्ने कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनको रचनात्मक कार्यक्रमको प्रशंसा गर्नुभयो । लोकतन्त्र, गणतन्त्र स्थापनामा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै पत्रकारहरुले सबै किसिमका कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल पत्रकार महासंघको मंसिरमा गर्ने भएको महाधिवेशन अब कुनै हालतमा रोक्न नसकिने बताउनुभयो । प्रेस युनियनका कारण महाधिवेशन स्थगित नभएको स्मरण गराउँदै सबै एक भएर महासंघलाई अगाडि बढाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेपाल प्रेस युनियनलाई अझै बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सबै संघसंगठनका पत्रकारहरुलाई एक ठाउँमा ल्याएर कार्यक्रम गर्नु राम्रो पक्ष रहेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं प्रेस युनियन भवन निर्माणकी सहयोगी दाता गीता वाग्ले, बागमती प्रदेका पूर्व मन्त्रीद्धय मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, नेपाली कांग्रेसका महासमिति सदस्यद्धय डा.सूर्यकान्त घिमिरे, प्रकाश अधिकारी, ट्रेड युनियन चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अर्जुन अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डितलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्षद्धय प्रस्ताव सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सिन्धु ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>