Breaking News

चितवनमा एकैदिन दुई वटा शव फेला, एउटाको सनाखत हुन बाँकी

Banner

चितवन, कात्तिक १२-

चितवनमा आइतवार दुई जनाको शव फेला परेको छ । एउटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–५ गुलाब बागमा आइतवार बिहान ९ बजे नवलपरासी देवचुली नगरपालिका–७ बस्ने वर्ष ५१ को मित्र बहादुर केसीको शव फेला परेको हो । मृतककी श्रीमति गोमा न्यौपानेले शवको सनाखत गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै, आइतवार बेलुका ५ः२५ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारस्थित त्रिशूली नदी किनारमा भेटिएको शवको सनाखत हुन बाँकी रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । त्रिशूली नदी किनारमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>