चितवन विशेष

भरतपुर महानगरद्धारा तेक्वान्दो खेलाडी भट्ट सम्मानित

Banner

चितवन, असोज ५–

प्रवासमा रहेर तेक्वान्दो खेलमा निरन्तर सक्रिय खेलाडी सन्तोष भट्टलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

आज एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले खेलाडी भट्टलाई सम्मान पत्रले सम्मान गरेका हुन् । प्रवासमा रहेर पनि खेलकुद क्षेत्रमा निरन्तर सक्रिय भएको भन्दै मेयर दाहालले भट्टको प्रशंसा गरेका थिए । चितवन खैरहनी–१० निवासी भट्ट हाल मलेसियामा बस्दै आइरहेका छन् । त्यहाँ होटललगायत व्यवसायमा भट्ट सक्रिय छन् । त्यसका अलवा उनी तेक्वान्दो प्रतिस्पर्धामा पनि सहभागि हुने गरेका छन् ।

मलेसियामै भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा भट्टले स्वर्ण पदक समेत जितेका छन् ।

प्रवासमा रहँदा बचेको समयलाई सदुपयोग गरेर खेल क्षेत्रमा लागि परेको भट्टले बताए । उनले खेलाडीलाई सम्मान गरेकोमा भरतपुर महानगरलाई धन्यवाद समेत ज्ञापन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>