Breaking News

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

Banner

काठमाडौं, कात्तिक ५-

अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो।

आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। आज भएको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।

घरेलु टोलीका ओपनर साइटेजा मुकामल्लले सर्वाधिक ६८ रन बनाएका थिए। मिलिन्द कुमारले ४३ रनको योगदान गरे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १–१ विकेट लिए। ​

एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ओभरमा लक्ष्य पुरा गर्‍यो। नेपालका लागि आशिफ शेखले अर्थशतक पूरा गरे। शेखले ३८ बल ५० रन पुरा गरेका हुन्। अनिल शाह १३ रन बनाएर आउट भए। कुशल भुर्तेल ४० रनमा नटआउट हुँदा कुशल मल्ल ४४ रन बनाएर क्रिजमा रहे।

दोस्रो खेलमा भुर्तेलले ९२ रन बनाएका थिए। उनले सात महिना पछि टी–ट्वेन्टी क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन्। नेपालले ६ महिनापछि लगातार तीन खेलमा जित दर्ता गरेको छ। पछिल्लो समय खराब फर्मबाट गुज्रिएको भए पनि यो सिरिजले नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ।

कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग–टू सिरिज खेल्ने तालिका छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>