Breaking News

अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुन्छ, प्रहरीसँग जाइलाग्ने होइनः गृहमन्त्री लेखक

Banner

काठमाडौं, कात्तिक ४-

गृहमन्त्री रमेश लेखकले अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुने बताएका छन्। अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न उनले सचेत गरेका छन्।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ। अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नु हुन्न,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘अपराध गरेको छ भने देशको कानूनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ।’

गल्ती गरेर प्रहरीसँग जाइलाग्न नहुने पनि उनले बताए। ‘गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानु हुन्न,’ गृहमन्त्री लेखकले भने। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको पनि उनले बताएका छन्।

‘कहीँ कमजोरी हुन्छन्, त्यस्तो गर्ने मानिसलाई पनि सम्झाइबुझाइ गरेर प्रहरीले ठिक ढंगले सेवा दिनुपर्दछ,’ उनले भने। गृहमन्त्री लेखकले सरकारले सुशासन मुख्य कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए।-न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>