चितवन विशेष

सरिता इभेन्ट्सले आज विशिष्ट व्यक्तित्व सम्मान एवम् फेसन रन वे आयोजना गर्दै

Banner

चितवन, कात्तिक ३-

भरतपुरस्थित सरिता इभेन्ट्सले आज विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गर्दै छ । इभेन्ट्स संयोजक सरिता आचार्यले विभिन्न बिधामा विशिष्ट व्यक्तिलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । सम्मान तथा फेसन रन वे कार्यक्रम यज्ञपुरीस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा हुँदै छ ।

भरतपुर भ्रमण वर्ष २०२४ र नेपालीहरुको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको आचार्यले बताइन् । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन–२ साथै साँस्कृतिक (नाँचगान) कार्यक्रमको भिआईपी टिकट शुल्क एक हजार रुपैयाँ र साधारण टिकट शुल्क ५०० रुपैयाँ तोकिएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीलाई निमन्त्रणा गरिएको उनले बताइन् ।

इभेन्ट्सले विगत लामो समयदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ। यसअघि मिस्टर एण्ड मिस स्टार चितवन २०१९, ब्युटिसियन ट्यालेन्ट चितवन २०२१, ग्लामरस तीज फेसन रन वे तथा ओपन डान्स कम्पिटिसन २०२३, महाशिवरात्री साँस्कृतिक साँझ २०७८, डान्स प्लानेट म्युजिकल नाइट २०२३, महाशिव रात्री साँस्कृतिक साँझ २०७९ , महाशिव रात्री साँस्कृतिक साँझ २०८०, विक्रम बाबा साँस्कृतिक साँझ जगतपुर लगायतका थुप्रै कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन् ।

उनी राष्ट्रिय नारी सम्मान २०२१, उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट तथा समाजसेवी सम्मान लगायत थुप्रै विधामा सम्मानित समेत भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>