बलिउड/हलिउड

सलमानलाई फेरि ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

Banner

काठमाडौं,कात्तिक २-

अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो।  धम्कीले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’ मुम्बई पुलिस सन्देश पठाउने व्यक्तिको खोजीमा व्यस्त छ।सलमानको सुरक्षालाई लिएर परिवार पनि चिन्तित छ। तर, सलमान खानको सुरक्षा बढाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>