Breaking News

जग्गा दान गर्ने भाटभटेनीका मालिकसँग कुनै सौदाबाजी र लेनादेना छैनः एमाले

Banner

काठमाडौं,असोज ३०-

नेकपा एमालेले भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ दम्पतीले अन्तरमनबाट पारदर्शी र खुला दिलले पार्टी कार्यालयको भवन बनाउन जग्गा दान गरेको बताएको छ ।  व्यापारी गुरुङले पार्टी कार्यालय बनाउन जग्गा दान दिनुका साथै एक वर्षभित्र बनाउने जिम्मेवारी लिएपछि चौतर्फी आलोचना भइरहेको छ । व्यापारीसँग जग्गा लिएको भन्दै एमालेभित्र पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना सुरु भएको छ ।

चर्को आलोचना भएपछि बुधबार एमालेले व्यवसायी गुरुङ दम्पतीले अन्तरमनबाट पारदर्शी र खुला दिलले जग्गा दान गरेकाले स्वीकार गरेको बताएको हो । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जग्गा दानमा लिँदा कुनै पनि किसिमको सौदाबाजी र लेनादेना नभएको दाबी गरेका हुन् ।

‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँ (मीनबहादुर गुरुङ दम्पती) ले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ । यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन, विज्ञप्तिमा भनिएको छ, उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>