मनोरञ्जन

भोलिदेखि हलमा बेहुली फ्रम मेघौली नचलाउने निश्चल बस्नेतको घोषणा

Banner

काठमाडौं, असोज ३०-

फिल्म बेहुली फ्रम मेघौली हलबाट उतार्ने निर्माता एवं अभिनेता निश्चल बस्नेतले घोषणा गरेका छन्। उनले बिहीबारदेखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन्। भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं, निश्चलले फेसबुकमा लेखेका छन्।

चाँडै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि उनले जानकारी दिएका छन्। निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है। म चाहिँ हलको विकल्पतिर लागें, बस्नेतले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए। बेहुली फ्रम मेघौली घटस्थापनाको अवसर परेर असोज १७ गते रिलिज भएको थियो। निश्चल र स्वस्तिमा खड्काको लगानी रहेको यो फिल्मको शीर्ष भूमिकामा उनीहरूकै मुख्य अभिनय छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>