चितवन विशेष

चितवनको क्युएफएक्स जलमाँ र सिजीमा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ हेर्ने दर्शकको घुइँचो, टिकट नपाएर फर्किए दर्शक

Banner

चितवन,असोज ३०-

चितवनको क्युएफएक्स जलमाँ र सिजीमा दशैं पर्व सुरु भएसंगै प्रर्दशनमा आएका चलचित्रहरु हेर्ने दर्शकको दैनिक भिड लाग्ने गरेको छ । चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र बेहुली फ्रम मेघौली रिलिज भएदेखिनै दर्शकको राम्रो साथ पाएका छन ।

बुधबार क्युएफएक्स जलमाँ र सिजीमा ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ ले पाँच/पाँच शो पाएका छन् भने बेहुली फ्रम मेघौलीले एक शोक पाएको छ । सबै शो प्याक छन । क्युएफएक्स जलमाँका म्यानेजर विकास पोखरेलका अनुसार यी चलचित्र हलमा चल्न थालेदेखि दर्शकले हल भरिएको छ । दुई वर्ष यति धेरै दर्शक हलमा एकैपटक चलचित्र हेर्न आएका छन,उनले भने, बुधबार आउनेले बिहिबार, शुक्रबारका टिकट लगेर जाने गरेका छन । सुरुवातमा तीन वटा शो पाएको ‘१२ गाउँ’ले अहिले दैनिक पाँच शो पाएको छ ।

यस्तै क्युएफएक्स सिजीमा पनि दर्शकको उस्तै चाप रहेको म्यानेजर प्रविन कार्कीले बताउनुभयो । उहाँका अनुसार बुधबारका सबै शो प्याक छन । ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>