Breaking News
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
०

धरान, असोज २९-
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।
१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
आगामी अक्टोबर १७ तारिक (बिहीबार) बेलायत जान लागेको मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई भनेका छन्। आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























