मनोरञ्जन

‘छक्कापञ्जा ५’ को राम्रो व्यापार, ८ करोड बढी कमाएको वितरकको दाबी

Banner

काठमाडौं,असोज २९-

फिल्म ‘छक्कापञ्जा ५’ बक्स अफिसमा राम्रो कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसम्म ८ करोडभन्दा बढीको व्यवसाय गरेको वितरक मनोज राठीले दाबी गरे । ‘फिल्मले सोमबार साँझसम्म ८ करोड बढीको व्यवसाय गरिसकेको छ । यकिन विवरण पछि सार्वजनिक गर्नेछौँ’, राठीले भने । फिल्मको आम्दानी सोचेभन्दा राम्रो रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मले सुरुआतको दिन देखिनै राम्रो व्यवसाय गर्न सफल भएको कारण यतिछिटो यति धेरै व्यवसाय गरेको राठीको भनाइ छ । सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएको छ । यस पटक यो फिल्मको कमाइ काठमाडौँ उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ ।  फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>