खेलकुद

चितवन राइनोजः अक्सनबाट अनुभवि शरदसंगै युवा खेलाडी छानिए टिममा

Banner

चितवन, असोज २१–
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राइनोजले अक्सन मार्फत १० खेलाडी टिममा भित्र्याएको छ ।
फ्रेन्चाईज प्रतियोगिताका उत्कृष्ट खेलाडी शरद भेषवाकरसहित ‘ए’ श्रेणीबाट रिजन ढकाल र कमल सिंह ऐरीमाथि चितवन राइनोजले बोली लगाएको हो । चितवनले शरद, कमल सिंह ऐरी र रिजन ढकाललाई १० लाखमा बोली लगाएको हो । शरद नेपाल पहिलोपटक टि–२० विश्वकप खेल्दाका महत्वपूर्ण अलराउण्डर खेलाडी हुन् । ऐरी बलर अलराउण्डर हुन् भने रिजन हालै क्यानडाविरुद्धको टी–२० सिरिजमा नेपाली टिममा डेब्यु गरेका मध्यम गतिका बलर हुन् ।
यस्तै चितवनले ‘बी’ श्रेणीबाट बीपीन रावल, दिपेश श्रेष्ठ, अमरसिंह रौटेला, दीपक बोहोरामाथि बोली लगाएको छ । रावल र बोहोरा नेपाली अण्डर १९ टोलीका महत्वपूर्ण सदस्य हुन् भने श्रेष्ठ र रौटेला घरेलु प्रतियोगितामा राम्रो छाप छाड्दै आइरहेका छन् । रावल विकेट किपर ब्याटर हुन् ।
त्यस्तै चितवनले ‘सी’ श्रेणीबाट मध्यम गतिका बलर गौतम केसी, स्पीनर सन्तोष कार्की र युवा अलराउण्डर रञ्जित कुमारलाई टिममा भित्र्याएको छ । रञ्जित मधेश प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेका छन् । चितवनले आफ्नो टिममा भित्र्याएका दिपेश श्रेष्ठ र गौतम केसी स्थानीय खेलाडी हुन् । दुवै खेलाडी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेका छन् ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजको मार्की प्लेयरमा युवा अलरआउण्डर कुशल मल्ल रहेका छन् । टिममा कस्ता विदेशी खेलाडी भित्र्याउने भन्ने विषयमा अब बल्ल छलफल सुरु भएको चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपाने बताउँछन् । उनले युवा टिमलाई गाइड गर्ने गरी अनुभवी खेलाडी शरद भेषवाकरलाइ पाएकोमा खुशी व्यक्त गरे । उनले लक्की ड्रमा अनलक्की भएपनि सन्तुलित टिम पाएको र स्थानीय खेलाडी समेट्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>