चितवन विशेष
गैँडाकोटमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम

गैडाकोट,असोज २१-
कुमारी बैंकले यूएसएडसँगको साझेदारीमा नवलपरासी जिल्लाको गैँडाकोटमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ुदेशैभरि वर्षैभरिु उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियानअन्तर्गत उद्यमीहरूको व्यावसायिक विकासका लागि उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षण कार्यक्रमले वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने बैंकको विश्वास छ । अभियानमा बैंकले सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजीएप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू नियमित रूपमा प्रकाशन तथा प्रसारण गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
























