चितवन विशेष

चितवनमा प्रभु बैंकको एजुकेसन हब सञ्चालनमा

Banner

चितवन,असोज २१-

वैदेशिक शिक्षाका लागि विभिन्न देश जाने विद्यार्थीहरूलाई ऋण सहजताका लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आइतबार नारायणगढमा एक कार्यक्रमका बीच बैंकले एजुकेसन हबको शुभारम्भ गरेको हो ।

एजुकेसन हबको उद्घाटन भएसँगै अब शैक्षिक ऋणका लागि त्यहाँका विद्यार्थी तथा अभिभावकले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । यो सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाका लागि सहज र सरल सेवा मिल्ने बैंकले बताएको छ । डकुमेन्टस पूरा भएका विद्यार्थीहरूले प्रभु बैंकको सेवा लिनसमेत बैंकले आग्रह गरेको छ ।

एजुकेसन हबको शुभारम्भले चितवन र त्यसवरपरका जिल्लाका विद्यार्थी र अभिभावक लाभान्वित हुने बैंकको भनाइ छ । बैंकका अनुसार एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकका जुनसुकै शाखाबाट सेवा लिन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>